• ट्रेण्डिङ्ग :
अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित


  • 3.0K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

    गोरखा, १२ मंसिर । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ ।

    images

    जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बिच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’

    पालिका भित्रका सबै वडामा दलित र गैह्रदलित बिच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम बिच मंगलबार उनीहरूलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । ‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो, उहाँले भन्नुभयो, ‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौ ।’

    दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताउनुभयो ।

    ‘दीर्घकालीन रुपमा उहाँहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ, उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’


    तेस्रो आँखा