• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 4.2K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.5K Views

    रवि लामिछानेलाई  थप  ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    गण्डकी, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  एवम पुर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन म्याद थप गरेको छ । जिल्ला अदालतका न्यायाधीशले उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै थप ४ दिन म्याद थपेका हुन् ।

    images

    अनुसन्धान प्रक्रिया अझै सम्पन्न नभएकाले प्रहरीले थप १३ दिनको म्याद माग गरेको थियो । तर, अदालतले ४ दिन मात्रै म्याद थप्यो ।

    गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई सोही दिन कास्की पुर्‍याइएको थियो । त्यसयता रुपन्देही र काठमाडौँमा बयान दिएपछि उनलाई गत मङ्गलवार चितवन लगेर पनि बयान लिइएको थियो ।

    लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धान भइरहेको छ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।


    तेस्रो आँखा