पर्सा, २६ मंसिर । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पुवगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्याइएको हो ।
उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।
