• ट्रेण्डिङ्ग :
सिमेन्टको मूल्य घटाउने सहमति

सिमेन्टको मूल्य घटाउने सहमति


  • 4.6K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.0K Views

    सिमेन्टको मूल्य घटाउने सहमति

    काठमाडौँ २६ मंसिर । निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । बुधबार उद्योग मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

    images

    छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताउनु भयो । उहाँकाअनुसार काठमाडौँ उपत्यकामा अब ६ सय रुपियाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गर्नुभयो ।


    तेस्रो आँखा