• ट्रेण्डिङ्ग :
लामिछानेलाई अन्तिमपटक म्याद थपको लागि अदालत लगियो

लामिछानेलाई अन्तिमपटक म्याद थपको लागि अदालत लगियो


  • 5.1K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.9K Views

    लामिछानेलाई अन्तिमपटक म्याद थपको लागि अदालत लगियो

    पोखरा, २ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ । 

    images

    प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो । 

    उनका अनुसार प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।


    तेस्रो आँखा