पर्यटकीय गन्तव्य बन्दै बिबाङ दह

पर्यटकीय गन्तव्य बन्दै बिबाङ दह


  • 35.8K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 55.1K Views

    पर्यटकीय गन्तव्य बन्दै बिबाङ दह

    रोल्पा २ पुस । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । प्रकृतिका अनेक संरचनाहरु यहाँ देख्न सकिन्छ । रोल्पा पनि प्राकृतिक विविधताले भरिपूर्ण जिल्ला हो । रोल्पाका धेरै ठाउँहरु पर्यटकीय सम्भावनाको हिसाबले उत्कृष्ट गन्तव्य बन्न सक्छन् । यसैमध्येको एक हो रोल्पाको सुनछहरी गाउँपालिका २ भित्रिगाम स्थित बिबाङ दह।

    images
    Screenshot 2024-12-17 134159.jpg

    बिबाङ दह प्राकृतिक सौन्दर्यताका साथै धार्मिक विविधताले सम्पन्न स्थान हो । भौगोलिक हिसाबले त्यहाँ पुग्न केहि गठिनाई भएपनि त्यहाँ पुग्ने पर्यटकहरुको मन अवस्य पनि जित्न सक्छ । पछिल्लो समय स्थानीय सरकारले समेत पर्यटन क्षेत्रका विकासका लागि चासो दिदा ओझेलमा परेका ठाउँहरुको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्रिने सम्भावना देखिन्छ ।

    बिबाङ दह धार्मिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मानिन्छ । यसका साथै यस क्षेत्रलाई युद्ध पर्यटनको दृष्टिले पनि बढी महत्वपूर्ण मानिन्छ । तत्कालिन १० वर्षे सशस्त्र द्वन्द्वको समयमा यस क्षेत्रमा विभिन्न घटनाहरु घटेकाले यसलाई युद्ध पर्यटनको रुपमा विकास गर्न सकिने स्थानीय बुद्धिजीविहरुको भनाई छ । यस ठाउँमा घुम्न जादा मनोकांक्षा पुरा हुने विश्वासका साथ घुम्न जाने प्रचलन रही आएको छ । अझ प्राकृतिक रुपले सुन्दर बिबाङ दह पुग्दा सबैको मन रमाउछ । चारै तिर बाक्लो वन क्षेत्रले ओगटेको उक्त स्थान प्राकृतिक सौन्दर्यताको उपज मानिन्छ।

    Screenshot 2024-12-17 134316.jpg

    पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यले सुनछहरी गाउँपालिकाले बिबाङ दह क्षेत्रमा कार्यपालिका वैठक सञ्चालन गरेर पर्यटन विकासका लागि विभिन्न निर्णयहरु समेत गरेको थियो । स्थानीय सरकारले उक्त स्थानमा वैठक सञ्चालन गरेर विभिन्न निर्णय गर्दै पर्यटन विकासका लागि विवाङ दह घोषणा पत्र समेत सार्वजनिक गरेको थियो । उक्त घोषणा पत्रमा सुनछहरी गाउँपालिका भित्रका पर्यटन सम्पदाको संरक्षण र प्रर्वदन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष निर्धारण गरिएको सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुनले तेस्रो आँखालाई बताउनुभयो ।

    Screenshot 2024-12-17 134406.jpg

    बिबाङ दहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पूर्वी रोल्पाका तिन स्थानीय तहले साझा एजेण्डाका रुपमा समेत अघि सारेका छन् ।सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि साझा एजेण्डा तयार पारेका छन् । साझा एजेण्डा तयार पार्दै तिन गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रदेश र संघ सरकारसँग समन्वय गर्ने जनाएका छन् ।

    पर्यटन विकासका लागि लुङ्ग्री गाउँपालिकामा अवस्थित वडाचौर विमानस्थलदेखि सुनछहरी गाउँपालिकामा रहेको सुनछहरी झरणा/कोठी भिर/टिलाचन दह/बुजुधुरी जलजला/ओख्रेनी हुदै अन्तिम गन्तव्यको रुपमा सुनिलस्मृति गाउँपालिकामा अवस्थित गजुलकोट दरबारसम्म गुरिल्ला पदयात्राको रुपमा विकास गर्ने लक्ष लिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनले तेस्रो आँखालाई बताउनुभयो ।

    Screenshot 2024-12-17 134500.jpg

    स्थानीय सरकारले पर्यटनका लागि केहि चासो दिदा स्थानीय खुशी देखिन्छ । कृषि उत्पादनको हिसाबले पनि बढी सम्भावना भएको यस क्षेत्रमा सडक पूर्वाधार पुग्न सकेको छैन् । बजार पुग्नका लागि लामो समय हिड्नुपर्ने यस क्षेत्रमा सडक पूर्वाधारसँगै पर्यटनको विकास हुन आवश्यक छ । यसो भए यहाँको उत्पादनले बजार पाउनुका साथै यहाँ उत्पादित सामग्रीले बजार समेत पाउने थियो ।

    Screenshot 2024-12-17 134550.jpg

     


    भरत विश्वकर्मा
    लेखकबाट थप