• ट्रेण्डिङ्ग :
व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्छ : सभामुख

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्छ : सभामुख


  • 2.9K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.4K Views

    व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्छ : सभामुख

    गण्डकी ३ पुस । सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले  संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताउनुभयो ।

    images

    सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन  महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताउनुभयो । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उहाँले दिनुभयो ।

    सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उहाँले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति  आवश्यक कानुनी व्यवस्था गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभयो । सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत  सहभागी हुनुहुन्थ्यो ।


    तेस्रो आँखा