• ट्रेण्डिङ्ग :
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प


  • 2.0K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौं ४ पुस । मनाङमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको नेस्याङ क्षेत्र केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि हिजो मात्रै बझाङको धामेना क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    त्यही स्थानलाई केन्द्रबिन्दु बनाएर मंगलबार पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । लगातारका यी भूकम्पले प्रभावित क्षेत्रका जनतामा त्रास बढाएको छ । विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन् ।


    तेस्रो आँखा