• ट्रेण्डिङ्ग :
लामिछानेसहित ४ जनालाई अदालतमा उपस्थित गराइयो

लामिछानेसहित ४ जनालाई अदालतमा उपस्थित गराइयो


  • 2.3K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.6K Views

    लामिछानेसहित ४ जनालाई अदालतमा उपस्थित गराइयो

    गण्डकी, ९ पुस । रास्वपा सभापति रवि लामिछानेसहित ४ जनालाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ । कास्की जिल्ला अदालतमा रविसहित छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

    images

    आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले उनीहरूको बयान भइरहेको छ ।

    हिजोबाट छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान सकिएको छैन । उनको बयान सकिएपछि अन्यको बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरु भएको हो ।

    अब राईकै इजलासले रविसहितका प्रतिवादीहरूलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ ।

    सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ । उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ ।

    रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न सरकारी वकिलको माग छ । निकितालाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।


    तेस्रो आँखा