• ट्रेण्डिङ्ग :
ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु

ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु


  • 2.9K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु

    तनहुँ, ९ पुस । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

    images

    ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । 

    डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१-००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २-०३००-१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

    ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो । 


    तेस्रो आँखा