• ट्रेण्डिङ्ग :
प्रदेश प्रमुख भट्टद्धारा अध्यादेश प्रमाणीकरण

प्रदेश प्रमुख भट्टद्धारा अध्यादेश प्रमाणीकरण


  • 2.7K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    प्रदेश प्रमुख भट्टद्धारा अध्यादेश प्रमाणीकरण

    गण्डकी, १२ पुस । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा ९पहिलो संशोधन० अध्यादेश २०८१ प्रमाणीकरण गर्नुभएको छ ।

    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएकामा शुक्रवार प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गर्नुभएको हो ।

    नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    गत मङ्गलबारको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन संशोधनका लागि अध्यादेश पारित गरेको थियो ।

    press-1117x1536.jpeg


    तेस्रो आँखा