• ट्रेण्डिङ्ग :
रवि लामिछानेको बयान सकियो

रवि लामिछानेको बयान सकियो


  • 4.7K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.3K Views

    रवि लामिछानेको बयान सकियो

    पोखरा, १२ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ ।  जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो । 

    images

    उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् । 

    बयानका क्रममा लामिछानेले न्यायाधीशले सोधेका सजिला प्रश्नको जवाफ दिएका थिए भने अप्ठ्यारा प्रश्नमा जीबी राईलाई  जिम्मेवार बनाएका थिए । सहकारीको खाताबाट कुनै रकम नआएको र रकम नमासेको उनको दाबी छ । प्रहरीमा दिएको बयान नै सही सत्य भएको उनले बताए । 

    प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा न्यायाधीशले प्रश्न गरेका थिए । 

    उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने छ । 

    उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।


    तेस्रो आँखा