पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने

पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने


  • 3.4K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.2K Views

    पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने

    कास्की, २२ पुस ।  पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । आगामी फागुन १७ देखि १९ गतेसम्म महोत्सव आयोजना हुने जनाइएको छ ।

    images

    महोत्सव चलचित्र विकास बोर्डको मुख्य आयोजनामा हुन लागेको हो । बोर्डका अध्यक्ष दिनेश डिसीले पोखरा महानगरपालिकाका  प्रमुख धनराज आचार्यसँग भेटवार्ता पछि महोत्सवसम्बन्धी प्रारम्भिक र महत्त्वपूर्ण छलफल भएको उल्लेख गर्नुभएको छ ।

    पहिलो पटक ठुलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायाँकनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवर्द्धन गरिने जनाइएको छ ।

    पोखरा महानगरका प्रमुख आचार्यले कलाकार र स्रष्टाहरुलाई पोखरामा स्वागत गर्दै महोत्सव सफल हुने बताउनुभएको छ । विकास बोर्डको मुख्य आयोजनामा हुने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवर्द्धकको रूपमा रहने छन् ।


    तेस्रो आँखा