दाङ, २५ फागुन। नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको गैंडाकोटमा बयान सुरु भएको छ।
शाहविरुद्ध गौंडाकोटमा पनि बलात्कारको मुद्दा दर्ता भएको थियो। तनहुँ हिरासतमा रहेका शाहलाई अर्को मुद्दाको बयानका लागि गैंडाकोट पुर्याइएको थियो।
आजदेखि शाहको बयान लिन सुरु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी दिलिप गिरीले जानकारी दिए। गिरीकाअनुसार अनुसन्धान सकिएपछि गैंडाकोटबाट पुन: तनहुँ पठाइनेछ।
गैंडाकोटको अनुसन्धानका लागि भने म्याद नथपिने गिरीले जनाए। तनहुँ प्रहरीले म्याद थपेको अवधिभित्रै आफूहरुले अनुसन्धान पूरा गर्ने डिएसपी गिरीले जानकारी दिए।
शाहमाथि अनुसन्धान गर्ने भन्दै आइतबार १२ दिन म्याद थपिएको थियो। शाहविरुद्ध एक गायिकाले आफूमाथि बलात्कार भएको भन्दै तनहुँ र गैंडाकोटमा मुद्दा दर्ता गराएकी थिइन्।
