काठमाडौं, २६ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर नौ हजार तीन सय २८ जनामा गरिएको नमुना परीक्षणका क्रममा एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छ हजार आठ सय एक जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा र दुई हजार पाँच सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने चार सय २९ जना कोरोना संकमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ४० रहेको छ ।
