• ट्रेण्डिङ्ग :
डेढ किलो गाँजासहित तीन जना पक्राउ

डेढ किलो गाँजासहित तीन जना पक्राउ


  • 5.3K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.1K Views

    डेढ किलो गाँजासहित तीन जना पक्राउ

    पोखरा, माघ ९। अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् ।
    इलाका प्रहरी कार्यालय गलकोट बागलुङ बाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् ।

    images


    पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओम बहादुर कामी, सोही ठाउँका वर्ष ३७ को गुन्ज बहादुर वि.क. र वर्ष २६ को कृष्ण वि.क. रहेको जिल्ला प्राह्री कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। उनीहरुलाई अबैध लागू औषध गाँजा किनबेच गरिरहेको अवसथामा पक्राउ गरिएको प्रहरीको दाबी छ ।


    उनीहरुको साथबाट अबिश लागू औषध गाँजा एक किलो चार सय ३६ ग्राम बरामद भएको पनि डिएसपी यादबले बताए ।
    पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुर मुद्दामा पांच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा