घोराही, १० माघ । लगातार ४ दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन विहिबार भने ११.१० अंकको करेक्सन आएको छ । समग्रमा बजार घटेपनि सिक्लेस हाइड्रोपावर, सामुदायिक लघुवीत्त र कर्पाेरेट डेभलप्मेन्ट बैंकको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यि कम्पनीको मुल्य १० प्रतिशतले बढेको छ ।
बुधवार ५२ अंकले बढेर २ हजार ६ सय ६५ पुगेको नेप्से विहिबार २ हजार ६ सय ५४ अंकमा झरेको छ । विहिबार पनि बजार हरियाली हुने लगानीकर्ताहरुको अपेक्षा विपरित बजार रातोमा बन्द भएको हो । प्रि–ओपन सेसनमा ४ अंक बढेको बजारमा दिनभर तिब्र उतारभढाब देखिएको थियो । इन्ट्रा डेमा बढेर २ हजार ६ सय ८१ को उचाईसम्म पुगेको बजार तल्लो विन्दु २ हजार ६ सय ४४ सम्म झरेको थियो ।
४ वटै समूह घटेको छ । विकास बैंक र उत्पादन उपसमूह बाहेक अन्य सबै उपसमूह पनि घटेको छ । सबैभन्दा धेरै वीत्त उपसमूह ६३.९८ अंक अर्थात २.४३ प्रतिशत घटेको छ । यस्तै विकास बैंक उपसमूह भने ४५.८८ अंक अर्थात ०.८३ प्रतिशतले बढेको छ ।
अंक सँगै कारोबार रकम पनि घटेको दिन विहिबार ७ अर्ब ८५ करोड ७७ लाखमा खुम्चिएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये विहिबार ८६ वटा कम्पनीको मुल्य बढ्दा १ सय ४९ वटा कम्पनीको मुल्य घटेको छ । भने ८ वटा कम्पनीको मुल्य परिवर्तन भएको छैन् ।
