• ट्रेण्डिङ्ग :
बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, १३ जना घाइते

बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, १३ जना घाइते


  • 3.1K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.8K Views

    बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, १३ जना घाइते

    तनहुँ, माघ १८ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

    images

    दमौलीबाट आँबुखैरेनी जाँदै गरेको ना ५ ख २९९९ नम्बरको यात्रु बस आफै अनियन्त्रिक भई कल्भटमा ठोकिएर पल्टिँदा चितवन जिल्लाको भरतपुर महानगरपालिका नखुलेको श्रृष्टीचोक बस्ने वर्ष २२ की सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । गम्भिर घाइते सापकोटाको चितवन नारायणी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ५ः१० बजे मत्यु भएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

    प्रनाउ थापाको अनुसार घाईते हुनेहरुमा कैलालीको जोशीपुर गाउँपालिका–२ बस्ने वर्ष २३ की लक्ष्मी बनादी, धनगढीको बसबरीया गाउँपालिका–५ बस्ने वर्ष २२ की अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने वर्ष १९ को किसान बिक, व्यास नगरपालिका–१२ बस्ने वर्ष १९ को सुनिल बिक, कास्कीको पोखरा महानगरपालिका– ८ बस्ने वर्ष २२ की आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ५१ को सुनिल ढकाल हुनुहुन्छ ।

    यस्तै, अन्य घाइते हुनेहरुमा लमजुङको वेशीशहर नगरपालिका–३ दिपुर बस्ने वर्ष ४१ को कृष्णबहादुर पाण्डे, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ४२ को राम शरण कुँवर, शहिद लखनथापा गाउँपालिका–२ घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ५९ को उज्वल विक भानु नगरपालिका– १० बस्ने वर्ष ५० को खेमराज लौडारी, वर्ष १७ को प्रशान्त लौडारी हुनुहुन्छ।

    उहाँहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहको छ । तनहुँको आबुखैरेनी गाउँपालिका(३ बिच बजार बस्ने वर्ष ४२ की दमन्तीमाया नेपाल र व्यास नगरपालिकाको वडा नखुलेको वर्ष १३ की आस्था काफ्लेको चितवन नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।  

    चालक तनहुँको भानु नगरपालिका–५ बस्ने वर्ष ३५ को रविन्द्र घले प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।


    तेस्रो आँखा