• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १२ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १२ सय रुपैँयाले बढ्यो


  • 2.5K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सुनको मूल्य तोलामा १२ सय रुपैँयाले बढ्यो

    काठमाडौँ, फागुन ५ । अन्तराष्ट्रिय बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

    images

    आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    तेस्रो आँखा