• ट्रेण्डिङ्ग :
तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउने

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउने


  • 2.6K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.0K Views

    तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउने


    दाङ, ९ फागुन ।  दाङकाे तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा चर्चित गायिकाहरु सिर्जना खत्री "हाउडे माया",  उषा दशाैदी  लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

    images

    आज  पशुपति शर्मा, सिर्जना खत्री हाउडे माया र  उषा दशाैदी लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ ।


    ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको महोत्सव उदेश्य अनुरुप अघि गइरहेकोे मुल आयोजक समिति संयोजक ऋषिराज भण्डारीले बताउनु भयो ।


    तेस्रो आँखा