प्रतिष्ठानद्वारा बिमीत बिरामीलाई दिइने सेवासुविधामा कटौती

प्रतिष्ठानद्वारा बिमीत बिरामीलाई दिइने सेवासुविधामा कटौती


  • 4.3K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.6K Views

    प्रतिष्ठानद्वारा बिमीत बिरामीलाई दिइने सेवासुविधामा कटौती

    दाङ, फागुन ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमा अन्तर्गतको दैनिक दिइने सेवा सुविधा कटौती गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर बिमीत बिरामीलाई दिएको सेवा सुविधा बापत बिमाबोर्डबाट प्रतिष्ठानलाई ११ करोड रकम भुक्तानी नभएकोले अबदेखि उक्त सेवा दिन नसकिने बताएको हो ।

    images

    प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले १८ गतेदेखि बिमा अन्तर्गत औषधी तीन महिनाबाट १ हप्तामा सिमित गरिएको जानकारी दिनुभयो । त्यस्तै  प्रयोगशाला र रेडियोलोजी जाँचहरू स्थगित गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

    उहाँले प्रतिष्ठानलाई उक्त भुक्तानी पाएमा पुनः उक्त सेवालाई अगाडि बढाउने जानकारी दिनुभयो । तर अहिलेको परिस्थितिमा बिमीत बिरामीहरूलाई औषधी लगायत चेक जाच सेवा दिन नसकिने बताउनुभयो । 

    बिमित बिरामीहरूको अत्यधिप चाप बढेकोले दैनिक दिइने सेवालाई फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधी ३ महिनाबाट १ हप्तामा सिमित गरिएको प्रतिष्ठानका निमित्त पन्थीले जानकारी दिनुभयो।


    तेस्रो आँखा