• ट्रेण्डिङ्ग :
लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात

लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात


  • 1.9K
    SHARES
    • फाल्गुण १२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.9K Views

    लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात

    बागलुङ, १२ फागुन । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । 

    images

    हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिनुभयो । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताउनु भएको छ ।

    हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउँछन् ।

     
     उहाँले भन्नुभयो, ‘लामो समय खडेरी पर्‍यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी पर्‍यो ।झ


    तेस्रो आँखा