गैंडाकोटमा शाहको बयान सकियो, फेरि तनहुँ लगियो

गैंडाकोटमा शाहको बयान सकियो, फेरि तनहुँ लगियो


  • 7.5K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    गैंडाकोटमा शाहको बयान सकियो, फेरि तनहुँ लगियो

    काठमाडौं, १ चैत। नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको गैंडाकोटमा बयान सकिएको छ। बयान सकिएलगतै शाहलाई पुन तनँहु लगिएको छ। थप अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका शाहलाई मंगलबार तनहुँ लगिएको हो।

    images

    चैत ४ गते सम्ममा शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ। अनुसन्धानको क्रममा रहेकाले फेरि पनि म्याद थप हुन सक्ने बताइएको छ।  

    तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि शाह प्रहरी हिरासतमा छन्। प्रहरीमा उजुरी परेको पाँच दिनपछि शाहले तनहुँ प्रहरी समक्ष फागुन १५ मा गिरफ्तारी दिएका थिए। शाहविरुद्ध फागुन ११ मा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो। 

    उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा एक साता अघि उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पुर्‍याएको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेपछि थप अनुसन्धानका लागि त्यहाँ लगिएको थियो। 

    घटनामा जोडिएका शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 
     

     


    तेस्रो आँखा