सपनाको नेपाल

सपनाको नेपाल


  • 7.1K
    SHARES
    • फाल्गुण १७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 11.0K Views

    सपनाको नेपाल

    स्मार्ट नेपालको चर्चा गरिन्छ चारैतिर !
    छिट्टै सपना पूरा भए हुन्थ्यो ठाडो शिर !

    images

    शोषण उत्पीडन चतुर्‍याइँ गर्ने हरुबाट हुने छैन !
    भोकभोकै कष्टपुर्ण कुपोषित नागरिक हुनुपर्ने छैन !

    बन्द हडताल गरि गराइ कसैलाई दुखी हुनु नपरोस् !
    वातावरण दुषित  अपराध जन्य कर्म भोग्न नपरोस् !

    नेतृत्व चिकित्सक शिक्षक चालक नितिविधीको कर्म गर्नेछन् !
    हामी कसैलाई  अप्रिय दुख कष्ट दुर्घटना यहाँ  बेहोर्नु पर्नेछैन !

    औषधि उपचार आधारभुत गर्जो टार्न !
    किड्नी वा अन्य अङ्ग बेच्न बाध्यता बेहोर्न !

    द्विविधा आशंका अविश्वास हुने छैन कसैगरि !
    आक्रान्त हुनुपर्ने छैन चारैतिरको मारमा घरिघरि !

    दाजुभाइ आफन्तजन सबैसंग सुमधुर सम्बन्ध हुनेछ !
    दक्ष अर्धदक्ष जनशक्ति सदुपयोग गर्न सबै अग्रसर हुनेछ !

    सम्पन्न स्वास्थ समृद्ध गाउँबस्ती शहर अनि देश भरि !
    विपन्न  अभाव बेरोजगार भइ नागरिकले देश छोड्ने छैनन् कसैगरी !

    कसैलाई बिना कारण मर्नु मार्नु पर्ने छैन यहाँ !
    कहालीलाग्दो दिन बितिसक्यो समृद्धि छाउनेछ यहाँ !

    युवा जुट्ने छन् दुर्व्यसन त्यागी देशनिर्माणमा अब!
    विकृतिजन्य रोग भोग सचेतनामा लाग्नेछन् सब !

    बेचिनु पर्नेछैन  युवा साझेदार कौडिको भाउमा!
    बिचौलियाहरु बहाना मेसोमा आउने छैनन् घरमा!


    श्रीराम दहित
    लेखकबाट थप