काठमाडौं, ३ चैत । पछिल्लो २४ घण्टामा नेपालभर २७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालभर चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा र तीन हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ भने दुई सय २० कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या चार हजार तीन सय ७६ रहेको छ ।

