काठमाडौं, ३ चैत । अभिनेता पल शाहको विरुद्धमा नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।
१६ वर्षिय गायिकाले बलात्कारको आरोपमा दिएको जाहेरीको आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेकाे हो ।
यसअघि पलशाह विरुद्ध तनहुँ र गैंडाकोटमा मुद्दा दर्ता भएको थियो । जुन मुद्दा अनुसन्धानको पक्रियामा छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएकाे हो ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
