• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम


  • 4.5K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.0K Views

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं, १५ चैत । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा