• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो


  • 4.1K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.3K Views

    सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

     

    काठमाडौँ, चैत  १८ । अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

    images

    आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

     


    तेस्रो आँखा