पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 


  • 7.0K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 

    काठमाडौं, ४ चैत। बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 

    images

    गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ। मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमार्फत अदालत समक्ष पेश गरेको थियो। 

    तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो। तर, अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो। जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन। नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो।   

    पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

    यता नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ। तनहूँ प्रहरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो। नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो। 

    अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ। अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ। 
     


    तेस्रो आँखा