शुन्य लाग्छ रन - वन , डाँफे - कोइली हराउँदा !
झनै छिया - छिया मन , न्याँउली चरी कराउँदा !!
नेपाली को अस्मिता मा , कसले गर्यो ईर्ष्या गर्यो !
निर्दोष को रगतले नेपाल को माटो भिज्यो !!
बाबा कहिले आउने भनी , सोधी रहन्छिन सानी !
हिक्का छोडी रुन्छिन आमा , भाग्य फाट्यो भनी !!
पखालियो सिरको सिन्दुर , छुटे पोते - चुरा !
नेपाली ले नेपाली लाई , किन हान्छ छुरा !!
अहमता र घमण्ड ले , कसैको नि भलो हुन्न !
मौन भैइ बस्यौं भनें , देश जिर्ण बन्छ झन !!
हातेमालो गरौं साथी , देश जोगाउन लाई !
फाईदा केही हुने छैन , आमालाई रुवाई ।।
अस्तु :
