• ट्रेण्डिङ्ग :
कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट


  • 5.8K
    SHARES
    • बैशाख ५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 9.0K Views

    कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

    काठमाडौं, ५ बैशाख । नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज ९शुक्रबार० सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।


    तेस्रो आँखा