आज फेरि आमा तिम्रो, धेरै याद आयो !

आज फेरि आमा तिम्रो, धेरै याद आयो !


  • 12.7K
    SHARES
    • बैशाख १४, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 19.5K Views

    आज फेरि आमा तिम्रो, धेरै याद आयो !

    आज फेरि आमा तिम्रो ,  धेरै याद आयो !
    ममताको चर्चा जहाँ , त्यहीँ - त्यहीँ याद आयो !! 

    images

    तिम्रो याद आउँदा आमा ,  रसाउँछन परेली !
    जति सम्झ्यो त्यति बढ्ने , सम्झना को वेलि !!
    दिन - रात एकैनास , बढी नै रहने !
    यी आँखा को परेलिमा छाई नै रहने !! 

    आज फेरि .........................!
    ममताको ...........................!! 

    खुसिका दिन आउँथे अरे , माँगे जति मिल्थ्यो अरे !
    तिम्रो आँचल ओढि सुत्दा , सबै खुसी मिल्छ अरे !! 
    आफ्नो त कर्मै खोटो , रुँदै बस्नु पर्यो !
    जिन्दगी को प्यारो साथी , अश्रुधारा बन्यो !! 

    आज फेरि ............... !
    ममताको ...................!! 

    तिम्रो  आँचल संगै सबै , खुसिहरु उडि गए !
    तिम्रो हात छुट्दा आज , भुई को धुलो सरि भएं !!
    रहरहरु उड्दै गए , आशाहरु मर्दै गए !
    जिन्दगी को संघर्ष मा , अहिलेसम्म हार्दै आँए !!
                                            अस्तु : 
    सुशील रावत


    तेस्रो आँखा