• ट्रेण्डिङ्ग :
सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो


  • 2.9K
    SHARES
    • बैशाख १६, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

    काठमाडौँ,  वैशाख १६ ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।

    images

    सोमबार प्रतितोला रु  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  


    अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन रु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


    तेस्रो आँखा