• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट


  • 1.8K
    SHARES
    • बैशाख १६, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 2.8K Views

    नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

    काठमाडौं, १६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

    images

    आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।

    आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

    सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ५७, विकास बैङ्क शून्य दशमलव ९०, होटल तथा पर्यटन शून्य दशमलव २०, लगानी शून्य दशमलव ८३ र जीवन बिमा समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

    त्यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ३४, लघुवित्त शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

    आज कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै गुमाउनेमा भने मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको रु ८२ करोड ४३ लाख ७३ हजार १३१ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।


    तेस्रो आँखा