• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो


  • 3.7K
    SHARES
    • बैशाख २३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.6K Views

    सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो

    काठमाडौँ, २३ बैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । 

    images

    जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो । 

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    तेस्रो आँखा