• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ६ सयले बढ्यो

सुनको मूल्य तोलामा ६ सयले बढ्यो


  • 2.1K
    SHARES
    • बैशाख २५, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

    काठमाडौं, २५ बैशाख । नेपाली बजारमा बिहीबार पुनः सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ६ सय रुपैयाँले बढेको छ ।

    images

    बुधबारको तुलनामा मूल्य वृद्धिसँगै छापावाल सुन आज तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ थियो ।

    सुनको मूल्यमा निरन्तर उकालो लागिरहेका बेला चाँदीको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा १० रुपैयाँ कम हो । बुधबार चाँदी प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

     

     

     


    तेस्रो आँखा