• ट्रेण्डिङ्ग :
अमेरिकन राप्ती समज द्वारा रु. छ लाख आर्थिक सयोग प्रदान

अमेरिकन राप्ती समज द्वारा रु. छ लाख आर्थिक सयोग प्रदान


  • 16.7K
    SHARES
    • श्रावण २, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 25.6K Views

    अमेरिकन राप्ती समज द्वारा रु. छ लाख आर्थिक सयोग प्रदान

    साउन १ दाङ । 

    images

    तल्लो बाटो बाट अमेरिका जाने क्रममा शान्तिनगर -६, बुराडाबर दाङ,  निवासी पर्ण बहादुर डाँगीको ३७ वर्षको उमेरमा “घानाको आका” भन्ने स्थानमा ह्रदयघातका कारण डाँगीको निधन भएको थियो।  उनका परिवारलाई सहयोग गर्ने उद्देश्यले अमेरिकास्थित  “अमेरिकान राप्ति समाज” का अध्यक्ष डि बि रावतले गोफन्डमी मार्फत सहयोग अभियान चलाएका थिए । उक्त अभियान अन्तर्गत, “अमेरिकान राप्ति समाज” ले,  रु.६ लाख ३ हजार ७ सय रुपैयाँको सहयोग राशि दाङ्ग जिल्ला नेपाली कांग्रेसका सभापति मार्फत हस्तान्तरण गरेको छ।

    समाजसेवी डि बि रावत, अमेरिकामा रहेका राप्ती क्षेत्रका नेपालीहरूको “गैर नाफामुलक संस्था, “अमेरिकान राप्ति समाज” का अध्यक्ष  तथा नेपाल अमेरिका पत्रकार संघका  NEAJA का केन्द्रीय सदस्य  हुन। “अमेरिकान राप्ति समाज” राप्ती क्षेत्रका सबै जिल्लाबाट अमेरिका आएर विभिन्न पेशा, व्यवसाय र अध्ययन गरिरहेका राप्ती बासिहरूको  "गैर-नाफा मुलक"  संस्था हो।  

    shankarq.jpeg
    सहयोग रकम हस्तान्तरण गर्दै, शभापति शंकर प्रसाद डाँगी

    “अमेरिकान राप्ति समाजले, राप्ती क्षेत्रका नेपाली बासिहरूलाई मुख्य प्राथामिकतामा राखी सम्पूर्ण नेपालि हरु लाइ मानविय सहयोग प्रदान गर्ने उदेश्य राखेको छ ।  नेपाली पर्यटन प्रवर्धन, कला संरक्षण र सम्बर्धन गर्ने कार्यमा सक्रिय रुपमा महत्वपूर्ण भूमिका खेल्ने उदेश्य रहेको छ। त्यस्तै, नेपालका राप्ती क्षेत्रको स्वास्थ्य, शिक्षा र खेलकुद लगाएत विभिन्न सामाजिक कार्यक्रमहरूमा सहयोग गर्ने उद्देश्य राखेको छ।  

    पूर्ण बहादुर डाँगीको परिवारलाई यस कठिन समयमा आर्थिक सहयोग गरेकोमा अमेरिकान राप्ति समाज” र सम्पूर्ण चन्दा दाताहरु लाई उक्त हसयोग हस्तान्तरण कार्यक्रयममा नेपाली कांग्रेस दाङका शभापति शंकर प्रसाद डाँगीले धन्यबाद दिनु भएको थियो ।

    ARS!.jpg
    अमेरिकन राप्ति समाजका सदस्य हरु 

  • सम्बन्धित विषय:

  • # छ लाख आर्थिक सयोग प्रदान

  • तेस्रो आँखा
    लेखकबाट थप