टिजर हेर्न यहाँ क्लिक गर्नु होस !
https://youtu.be/G0m0EjH-pXA?si=TqQ_dsN2Su_M8FRA
अमेरिकास्थित पिगासस इन्टरटेन्मेन्टले तयार पारेको PHRENIA को आधिकारिक पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रेमीहरूमा उत्सुकता चुलिएको छ। सुवास थापाको कन्सेप्ट र सशक्त कथा बाट जन्मिएको यो फिल्मको पोस्टरले रहस्य र मनोवैज्ञानिक तनावको मिश्रणलाई गहिरो तरिकाले चित्रण गरेको छ। फिल्ममा सुवास थापा, कार्नोभ्स्की, डानिएल हुर्टाडो र माइक पारिसोको दमदार अभिनय देख्न पाइनेछ। कथाले एक व्यक्तिको मानसिक संसारभित्र लुकेका डर, शंका र भावनात्मक उतार-चढावको संवेदनशील यात्रा दर्शकसमक्ष ल्याउनेछ। पोस्टरको कलात्मक रूपले कथाको मनोवैज्ञानिक गहिराइ र पात्रहरूको एकान्त संसारको संकेत गरेको छ। निर्माण टोलीले यस चलचित्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित फिल्म महोत्सवहरूमा पठाउने तयारी गरिरहेको छ। यसले नेपाली र अन्तर्राष्ट्रिय दर्शक दुवैलाई फरक स्वादको सिनेमाटिक अनुभव दिने अपेक्षा गरिएको छ।
ट्रेलर सार्वजनिक मिति: २०२५ अगस्ट २२, शुक्रबार विशेष प्रदर्शन: २०२५ सेप्टेम्बर १२, शुक्रबार स्थान: ऐतिहासिक जर्जटाउन प्यालेस थियटर समय: साँझ ७ बजे – राति १० बजे विशेष प्रदर्शनमा कलाकार र निर्माण टोलीसँग प्रत्यक्ष भेटघाट, Q&A सत्र, र पर्दा पछाडिका अनुभव सुन्ने अवसर हुनेछ। पार्किङ: सडक पार्किङ, जर्जटाउन पब्लिक लाइब्रेरी, वा फर्स्ट बैंक पार्किङको सुविधा उपलब्ध हुनेछ। पोस्टर सार्वजनिक भएसँगै र ट्रेलरको मिति नजिकिँदै गर्दा, PHRENIA यस वर्षको चलचित्र महोत्सबहरूमा सहभागी हुनेछ।
