सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड कायम

सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड कायम


  • 4.9K
    SHARES
    • आश्विन ६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.5K Views

    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड कायम

    काठमाडौं असोज ६ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) थप ७०० रुपैयाँले वृद्धि भई २ लाख १७ हजार ८०० रुपैयाँमा पुगेको छ । यो नेपाली सुनचाँदी बजारको हालसम्मकै उच्च विन्दु हो ।

    images

    चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको देखिन्छ । 


    तेस्रो आँखा