सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो


  • 3.3K
    SHARES
    • चैत्र ८, २०८२ आइतबार
    • ७ महिना अघि
    • 5.1K Views

    सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

    काठमाडौँ, चैत ८  गते ।  स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा सात हजार १२ हजार ५०० र चाँदी ३५५ ले घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोलादुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० कायम भएको छ । 

    गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी पाँच हजार १० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

     


    तेस्रो आँखा