सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो


  • 2.3K
    SHARES
    • चैत्र १७, २०८२ मंगलबार
    • ७ महिना अघि
    • 3.5K Views

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    काठमाडौँ,  चैत १७ ।  स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७००  र चाँदी रु १४५ ले बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ । 

    हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो । 

    गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको थियो । 

     

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा