• ट्रेण्डिङ्ग :
विश्व दृष्टि दिवस: दाङका २५ पत्रकारको आँखा परीक्षण, चस्मा र औषधि निःशुल्क

विश्व दृष्टि दिवस: दाङका २५ पत्रकारको आँखा परीक्षण, चस्मा र औषधि निःशुल्क


  • 2.5K
    SHARES
    • आश्विन २२, २०८३ बिहीबार
    • १५ घण्टा अघि
    • 3.9K Views

    विश्व दृष्टि दिवस: दाङका २५ पत्रकारको आँखा परीक्षण, चस्मा र औषधि निःशुल्क

    दाङ, असोज २२ । विश्व दृष्टि दिवस २०८३ को अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा पत्रकारहरूको निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

    images

    कार्यक्रममा जिल्लामा क्रियाशील २५ जना पत्रकारको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा आँखामा आवश्यक देखिएका पत्रकारलाई निःशुल्क चस्मा तथा औषधिसमेत वितरण गरिएको नेत्र अधिकृत विमल घिमिरेले जानकारी दिनुभयो।

    सह प्रा. डा रञ्जित कुमार शाहले पत्रकारिता पेशामा लामो समयसम्म कम्प्युटर, मोबाइल तथा अन्य डिजिटल उपकरणको प्रयोग गर्नुपर्ने भएकाले आँखाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै कार्य व्यस्तता भए पनि आँखाको लागि समय छुट्याउन आग्रह गर्नुभयो । 

    राप्ती आँखा अस्पतालले दाङमा आँखा उपचार तथा दृष्टि संरक्षणका क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ। अस्पतालले सञ्चालन गर्दै आएका यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    विश्व दृष्टि दिवसका अवसरमा आयोजित कार्यक्रमले पत्रकारहरूको नियमित आँखा परीक्षण गर्ने बानीको विकाससँगै समयमै आँखासम्बन्धी समस्या पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।836438685_4493030210921662_1711263646358160594_n.jpg


    तेस्रो आँखा