• ट्रेण्डिङ्ग :
उखु किसानलाई अनुदान दिने कार्यविधि पारित

उखु किसानलाई अनुदान दिने कार्यविधि पारित


  • 1.4K
    SHARES
    • आश्विन २२, २०८३ बिहीबार
    • १६ घण्टा अघि
    • 2.1K Views

    उखु किसानलाई अनुदान दिने कार्यविधि पारित

    काठमाडौँ, असोज २२ गते । उखु उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान दिने सम्बन्धी कार्यविधि सरकारले स्वीकृत गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको सचिवालयले दिएको जानकारीअनुसार उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि (२०७५ संशोधन सहित) पारित भएको छ । 

    images

    सो कार्यविधि पारित भएसँगै चालु आर्थिक वर्षका लागि देशभरका उखु किसानलाई अनुदान वितरण गर्न एक अर्ब ५० करोड रुपियाँ खर्च व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि उखु किसानलाई अनुदान उपलब्ध गराउन सो रकम विनियोजन गरिएको हो । 

    कार्यविधि पारित भएसँगै अब उखु किसानले अनुदान रकम सहज रुपमा पाउने भएका छन् । अघिल्ला सरकारहरुले उखु किसानलाई दिँदैआएको अनुदानको रकम कटौती गरेकोले उखु किसानले अनुदान रकमको निरन्तरताको माग राख्दै आएका थिए । 


    तेस्रो आँखा