• ट्रेण्डिङ्ग :
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


  • 1.4K
    SHARES
    • आश्विन २३, २०८३ शुक्रबार
    • ३ घण्टा अघि
    • 2.2K Views

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ,  असोज २३ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ५६ पैसा र बिक्रीदर १५५ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।

    images

    युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ८३ पैसा र बिक्रीदर १७३ रुपियाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ८७ पैसा र बिक्रीदर २०४ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ २८ पैसा र बिक्रीदर १८६ रुपियाँ कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ४४ पैसा र बिक्रीदर १०७ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३६ पैसा र बिक्रीदर १०८ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ५५ पैसा र बिक्रीदर १२१ रुपियाँ ०२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपियाँ ०६ पैसा र बिक्रीदर २३ रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ १७ पैसा र बिक्रीदर ४१ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ४० पैसा र बिक्रीदर ४२ रुपियाँ ५७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपियाँ ०८ पैसा र बिक्रीदर ४२ रुपियाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ५० पैसा र बिक्रीदर ११ रुपियाँ ५४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४३ पैसा र बिक्रीदर १५ रुपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १२ पैसा र बिक्रीदर २३ रुपियाँ २१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ७० पैसा र बिक्रीदर १९ रुपियाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपियाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपियाँ ८१ पैसा बिक्रीदर ४११ रुपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपियाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपियाँ ०२ पैसा रहेको छ ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस 

     


    तेस्रो आँखा