लेखनाथ, असोज २३ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २८, माझठानामा शुक्रबार बिहान स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
कालिका बोर्डिङ स्कुल, कालिकाको स्कुल बस ट्युसन पढ्ने विद्यार्थी बोकेर आउँदै गर्दा पोखरा–२८, माझठानाको ओख्लेको भीरमा दुर्घटना भएको हो । बस बाटोबाट कम्तीमा पाँच सय मिटर तल भीरमा खसेको छ ।
ग२ख १४१७ नम्बरको बस दुर्घटनामा घाइते भएकालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
