स्याङ्जा, असोज ११ गते । कालीगण्डकी गाउँपालिका–७ मिर्मी र कालीगण्डकी गाउँपालिका–१ गुल्मी जोड्ने बेलिब्रिज पुल कालीगण्डकी नदीमा आएको बाढीले बगाएको छ ।
चार दिनदेखि परेको अविरल वर्षापछि नदीमा आएको बाढीले पुलमा क्षति पु¥याउँदै पुल बगाएको हो । पुल बगाएपछि स्याङ्जा र गुल्मी आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको पत्ररका हिमाल न्यौपनेले बताउनुभयो ।
गुल्मी वारपार गर्ने यो बेलिब्रिजे पुल आज (आइतबार) बिहान ६ बजेतिर बाढीले बगाएको हो । पुल बगेपछि मिर्मी–हर्मिचौरबिचको आवतजावत प्रभावित भएको छ ।
