• ट्रेण्डिङ्ग :
हिमलुङमा थप तीन शव फेला, नौ जना अझै सम्पर्कविहीन

हिमलुङमा थप तीन शव फेला, नौ जना अझै सम्पर्कविहीन


  • 2.0K
    SHARES
    • आश्विन १४, २०८३ बुधबार
    • १ हप्ता अघि
    • 3.0K Views

    हिमलुङमा थप तीन शव फेला, नौ जना अझै सम्पर्कविहीन

    कास्की), असोज १४ गते ।  गएको आइतबार मनाङको हिमलुङ हिमपहिरोमा हराएकामध्ये थप तीन जनाको शव बुधबार फेला परेको छ । यसअघि हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव भेटिएको थियो । अझै नौ जना सम्पर्कविहीन छन् ।

    images

    मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बुधबार पौने ५ बजेतिर हिम्लुङ आधार शिविरबाट तीन वटा शव चामे ल्याइएको जानकारी दिनुभयो । “अहिले तीन शव ल्याइएको छ, ती शव बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिदैँछ,” उहाँले भन्नुभयो । 

    बुधबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–२ का ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–३ का २१ वर्षीय सुरज राई र रुकुमको साविक हुकाम गाविस वडा नम्बर–७ का ५७ वर्षीय कलम बुढाको शव भेटिएको हो । 

    हिमपहिरोमा हिमालयन होलिडे कम्पनीका बिर्खध्वज तामाङ, जगत तामाङ, लकबहादुर गुरुङ, नग्मा दोर्जे, पासाङ नुरी शेर्पा, सन्तवीर तामाङ र उक्रध्वज तामाङ सम्पर्कमा हुनुहुन्न । हिम्लुङ हिमपहिरोमा इक्पिडिसन इमाजिन कम्पनीका कृते गुरुङ पनि सम्पर्कविहीन हुनुभएको छ । 

    नेपाल नेशनल माउन्टेन गाइड एसोसियसनको उद्धार टोलीले शव फेला पारेको हो । एसोसियसनका अध्यक्ष तुलसिंह गुरुङले बुधबार तीन शव भेटिएको जनाउँदै खोजी अभियान जारी राखिने जानकारी दिनुभयो । माथिको भिरालो भूभागबाट अचानक हिमपहिरो आउँदा टोलीका सदस्यहरू पुरिएको अध्यक्ष गुरुङले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “हिमपहिरोबाट आज तीन शव निकालेका छौँ । पहिरामा हराएकाहरूको खोजीमा सबै सामथ्र्यसहित लागेका छौँ ।” यसअघि आइतबार सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का छेवी भोटे र सङ्खुवासभाकै भोटखोला–२ का पासाङ भोटेको शव भेटिएको थियो । 

    सोमबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–२ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–९ का घनश्याम राईको शव फेला पारिएको थियो ।

    मनाङको नार्पाभूमी गाउँपालिका वडा नम्बर–५ को हिमलुङ हिमाल सगरमाथा आरोहणअघि चढिने लोकप्रिय हिमाल हो । 

     


    तेस्रो आँखा