काठमाडौं, २२ चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर पाँच हजार पाँच सय ८७ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तीन हजार दुई सय ७८ जनाको पिसिआर परीक्षण गर्दा २१ जनामा र दुई हजार तीन सय नौ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ५१ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या आठ सय १२ रहेको छ ।
