२४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि


  • 9.9K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २५ चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    नेपालभर चार हजार तीन सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रकण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    दुई हजार सात सय २८ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र एक हजार छ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको  छैन भने ८९ जना संक्रमित निको भएका छन्। 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या छ सय ६९ रहेको छ।

    25 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप