२४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.3K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २५ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार १० जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार नौ सय पाँच जनाको पिसिआर परीक्षण गर्दा १७ जनामा र एक हजार एक सय पाँच जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २१ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय एक रहेको छ । 

    25 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप